२०८२ मंसिर १५, सोमबार १४:३४

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ।

समीक्षा मार्फत केन्द्रीय बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ।

राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ। त्यस्तै, नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरिएको छ। निक्षेप सङ्कलन दर भने २.७५ प्रतिशतमा यथावत राखिएको छ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाइएको छ। अब यस्तो कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ कायम गरिएको छ।
यसैगरी बैंकले  बैंकहरूले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको भन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने बाध्यात्मक व्यवस्था खारेज गरेका छन्।

Comment


Related News

Latest News

Trending News