सरकारले प्रत्येक बर्ष भाद्र २३ गतेलाई जेनजी सहीद दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहीदहरुको सम्झनामा प्रत्येक बर्ष भाद्र २३ गतेलाई जेनजी सहीद दिवसको रुपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । बैठकले जेनजी आन्दोलनका क्रममा सहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमान, श्रीमति, अविवाहित छोरी/अविवाहित छोरालाई गृहमन्त्रालयले फोटोसहितको परिचयपत्र उपलव्ध गराउने निर्णय पनि गरेको छ ।
त्यस्तै बैठकले आगामी माघ १ गतेदेखि एकपटकमा पाँच लाख रुपैया वा सो भन्दा माथिको सेवा , बस्तुको खरिद बिक्रि वा अन्य कारोवार गर्दा बितिय संस्था वा बैंकिङ उपकरणबाट गर्नुपर्नेगरि नगद कारोवारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले श्रीलंकामा हालैको बाढि पहिरोले धनजनको ठूलो क्षति भएको सन्दर्भमा नेपाल सरकारको तर्फबाट श्रीलंका सरकारलाई सहायता स्वरुप दुई लाख अमेरिकी डलर उपलव्ध गराउने निर्णय भएको छ भने विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञान बहादुर थापालाई नियुक्त गर्ने निर्णय भएको उहाले बताउनुभयो ।
बैठकले प्रेस काउन्सील नेपालको अध्यक्षमा डा कुमा शर्मा आचार्यलाई मनोनित गर्ने, कार्वन व्यापार निययमावली २०८२ स्वीकृत गर्ने र बैंकुण्ठ प्रसाद अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।



