२०८२ मंसिर १५, सोमबार १९:५२

सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ ।

गैरसंवैधानिक ढंगले यादवको नियुक्ति भएको भनी पेश गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो ।

अब सर्वोच्चको आदेश बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गर्नुपर्नेछ ।

यदी उनले विश्वासको मत पाए भने मुख्यमन्त्रीमा निरन्तर रहनेछन् । विश्वासको मत नपाएमा अर्को विकल्प गर्नू भनेर समेत सर्वोच्च अदालतले आदेश दिएको छ ।

आदेश अनुसार, प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्नेछ ।

Comment


Related News

Latest News

Trending News