२०८२ मंसिर १७, बुधबार ०७:४२

आफ्ना १४ वर्षीया बालिकाको बलात्कार मुद्दा दर्ता गर्न प्रहरीले आनाकानी गरेको भन्दै न्यायका लागि एक बुवा प्रहरी कार्यालय धाइरहेका छन् ।

मोरङ्ग बिर्तामोडमा मजदुरी गर्दै बस्दै आएका २१ वर्षीय युवकले विवाह गर्ने प्रलोभनमा बोलाई बलात्कार गरेको छोरीले बताएपछि बाबु गत बुधबारदेखि मुद्दा दर्ता गराउन जिल्ला प्रहरी कार्यालय धाई रहेका छन् ।

निरक्षर र सामान्य कृषिकर्म गर्ने बाबु सुरुमा प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र पुगेका थिए । त्यहाँ प्रहरीले कुटपिट सम्बन्धी ठाडो उजुरी दिन लगाई दर्ता नम्बर ४२३ को पर्ची र आरोपी झिकाउनका लागि प्रहरी चौकी रम्पुरा मल्हनियाँलाई लेखिएको पत्र दिएर पठाए । प्रहरीले दिएको पत्र बोकेर गाउँ पुगेका बाबु शनिबार प्रहरी चौकी रम्पुरा मल्हनियाँ पुगेपछि त्यहाँका प्रहरीले उनलाई पुनः जिल्ला प्रहरी कार्यालय जान भनेर फर्काई दिए । त्यसपछि मात्रै उनले फरक उजुरी दर्ता भएको बुझ्न सके ।

आइतबार उनी छोर ीसहित उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तर प्रहरीले उनको जाहेरी दर्ता गरेन । प्रहरीले छोरीको जन्मदर्ता लिएर भोलिपल्ट आउन भनेको र सोमबार फेरि जाँदा पनि जाहेरी दर्ता नगरेको पीडा संचारकर्मीहरु समक्ष सुनाए । उनले भने ‘गाउँलेले पञ्चायतीबाट घटना मिलाउन दबाब दिइरहेका छन्, ‘प्रहरीले जहिलेपनि आउंदा भोलि आउनु भन्छन । अब के गर्ने? जाहेरी लेखाउन तिरेको २५ सय रुपैयाँ पनि ऋण लागिसक्यो ।

आउजाउ गर्न भाडा तिर्न समेत समस्या भयो ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले घटना बारे भने सोमवार मात्रै जबरजस्ती करणी सम्बन्धी जाहेरी आफू समक्ष लिएर आएको बताएका छन । उनले भने ‘सुरुमा अर्कै उजुरी पीडित पक्ष लिएर आएको कारण फर्काई दिए । सोमवार मात्रै जबरजस्ती करणी सम्बन्धी जाहेरी आएको रहेछ, अब कानून अनुसार कारवाही प्रक्रिया अघि बढाउनेछु ।’

Comment


Related News

Latest News

Trending News