२०८२ मंसिर १७, बुधबार १६:२५

भारतको दूरसञ्चार विभागले भारतमा सन् २०२६ को मार्चदेखि बिक्री हुने सबै स्मार्टफोनहरूमा ‘सञ्चार साथी’ नामको एप इन्स्टल गरेर मात्रै बजारमा पठाउन निर्देशन दिएको छ ।

विभागले निर्माताहरूलाई नयाँ स्मार्टफोनहरूमा सरकारी एप राख्न निर्देशन दिँदै त्यो एप प्रयोगकर्ताहरूले पछि निष्क्रिय पार्न वा हटाउन नसक्ने बनाउन भनेको बीबीसीले जनाएको छ । यो एप मोबाइल उपकरणहरूमा उपयोग हुने आईएमईआईको आधिकारिकता पुष्टि गर्न प्रयोग गरिने विभागले जनाएको छ ।

‘सञ्चार साथी’ साइबर सुरक्षाको एउटा टूल हो । सन् २०२५ को जनवरी १७ मा मोबाइल एपका रूपमा शुरू भएको हो । यसको प्रयोगबाट भारतमा ३७ लाख वटाभन्दा धेरै चोरी भएका वा हराएका मोबाइल फोन ब्लक गरेको र तीमध्ये २३ लाख वटा फोन फेला पार्न सघाएको सरकारी दाबी छ । यो एप भारत सरकारको दूरसञ्चार सुरक्षा प्रणालीसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

विपक्षी दलसहित अभियन्ताहरूले भने फोनमा पहिल्यै इन्स्टल गर्न लगाई हटाउनसमेत नदिई सरकारले कल, सन्देश र स्थान निगरानी गर्न लागेको भन्दै विरोध गरेका छन् ।

Comment


Related News

Latest News

Trending News