२०८२ मंसिर १८, बिहीबार ०८:११

रौतहटमा एक हजार रुपैयाँको नेपाली रुपैयाँका नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् ।

प्रहरी चौकी मठिया, महुलिया तथा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट मठियाबाट खटिएको टोलीले रौतहट ईशनाथ नगरपालिका –४ लत्मरी टोलमा भारतबाट नेपाल आउँदै गरेको बि आर ०५ एटि ०९८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्न खोज्दा नक्कली नोटसहित एक भारतीय र दुई नेपाली गरी तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

रौतहट प्रहरीले मोटरसाइकल रोक्न खोज्दा मोटरसाइकल छाडेर नक्कली नोट खेतमा फाल्दै तीनै जना भाग्न खोज्दा प्रहरीले पक्राउ गरेको उनले बताए । उनीहरूले खेतमा फालेका एक हजार दरका एक सय १८ थान नक्कली नोट रौतहट प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा रौतहट देवाही गोनाही–४ का रामबाबु पटेलका २१ वर्षीय छोरा गेनालाल पटेल, सोही ठाउँका सोनालाल राउतका २० वर्षीय छोरा अजय पटेल र भारतको पूर्वी चम्पारण चैनपुर–२ का वीरेन्द्र सिंहका २३ वर्षीय छोरा जयप्रकाश कुमार रहेको प्रवक्ता बस्यालले बताए ।

उनीहरुको साथबाट तीन थान मोबाइलसमेत बरामद गरिएको छ । सो घटना सम्बन्धमा अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News