२०८२ मंसिर १८, बिहीबार १०:४९

नेपाली बजारमा बिहीबार (मंसिर १८) सुनको मूल्य घटेको छ ।

यस दिन सुन प्रतितोला ८०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ५३ हजार ३०० कायम भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन बुधबार दुई लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तीन हजार ६२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तीन हजार ६५५ रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News