२०८२ मंसिर १९, शुक्रबार ०७:३८

नेकपा एमालेले ११ औं महाधिवेशनको प्रतिनिधि छनोटमा उपेक्षा गरेको आरोप लगाउँदै तेली समुदायले विरोध जनाएको छ ।

धनुषा जिल्लामा बस्ने तेली समुदायका अगुवाहरुले आफूहरुलाई राजनीतिक दलहरुले हेपेको आरोप लगाएका छन् । नेपालको जनगणनामा आफूहरुको जनसंख्या उल्लेख्य रहे पनि राजनीतिक दलहरुले सो अनुसार राजनीतिमा अवसर नदिएको उनीहरुले दुखेसको पोखेका छन् ।

१८ वटा पालिका, ४ वटा संसदीय क्षेत्र, ८ वटा प्रदेश सभा सिट तथा जिल्लाका विभिन्न पदाधिकारीहरुमा समेत आफूहरुलाई एमालेले हेपेको उनीहरुले गुनासो गरेका छन् । निर्वाचन लड्नकालागि टिकट दिनुको सट्टा आफूहरुलाई महाधिवेशन प्रतिनिधि समेत नवनाएको उनीहरुले आरोप लगाएका छन् ।

‘राजनीतिक पहुँच भन्दा बाहिर षडयन्त्र पूर्वक हामीहरुलाई राखिएको छ ’ उनीहरु भन्छन्, आगामी दिनमा हामी आफ्नो जनसंख्याको अनुपातमा सवै ठाउँमा अधिकार लिन्छौँ । धनुषामा नेकपा एमाले भित्र तेली समुदायको अस्तित्वलाई योजनाबद्ध रूपमा कमजोर पार्ने खेल धेरै समयदेखि चल्दै आएको उनीहरुले गंभीर आरोप लगाएका छन् ।

‘निर्णय–प्रक्रिया, पद–जिम्मेवारी र सहभागीता जहाँ नजर घुमाए पनि तेली दाजुभाइलाई पाखा लगाउने प्रवृत्ति नै हावी छ । अब यो तितो सत्य लुकाएर बस्न सकिने स्थिति छैन ।’ ‘पार्टीले चुनावमा नोट पनि यही समुदायबाट लिन्छ, भोट पनि यही समुदायबाट लिन्छ ’ तेली समुदायका अगुवा जानकी राम साहले भने, ‘तर चुनाव सकिएपछि अर्कै भाषा बोल्छ ।’

काम निस्कनुपर्ने बेला तेली समुदायलाई उछिने जस्तै व्यवहार गर्ने गरेको नेकपा एमाले आवद्ध तेली जातिका नेताहरुले समेत आरोप लगाएका छन् । तेली कल्याण समाज नेपालका राष्ट्रिय अध्यक्ष विश्वनाथ साहले नेकपा एमालेले महाधिवेशनको लागि जिल्लाभरिबाट प्रतिनिधि छनोट गर्ने क्रममा तेली जातिका एकजनालाई समेट्न नसक्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै यसले एमालेका नेताहरु तेली समुदायप्रति पूर्वाग्रही रहेको प्रष्ट भएको आरोप लगाए ।

उनीहरुले एमाले भित्र वर्षौ देखि “समर्पित कार्यकर्ता” भन्दै रातदिन खटिने तेली समुदायका पछुवा र झोला बोक्नेहरू अब एक पटक आफ्नो वास्तविक स्थिति हेर्नै पर्ने अवस्था औँल्याइएको छ ।

नेकपा एमालेका नेता जानकीराम साहले धनुषा जिल्लामा १८ वटा पालिका रहे पनि त्यस मध्ये कुनै पनि नगरअध्यक्ष, जिल्ला कमिटीको पदाधिकारी, प्रदेश कमिटीमा तेली समुदायको उपस्थिति नहुनु दुः खद रहेको बताए । उनले भने, ‘यस पार्टीमा कुनै पनि नियुक्ति जिम्मेवारी वा पद प्रतिष्ठाको कुनै ठाउँ छैन, यस विषयमा तेली समुदायका व्यक्तिहरुले सोच्नै पर्छ ।’

त्यस्तै युवा नेता राजु साहले नेकपा एमालेपार्टी भित्र तेली समुदायको आवाज सुन्ने मान्छे नरहेको बताए । उनले भने, ‘सम्मान दिने सोच छैन, निर्णयमा सहभागी गराउने नियत छैन भने त्यो पार्टी आगामी दिनमा सचेत नभए तेली समुदाय सचेत हुने छ । तेली समुदायले आफ्नो सहभागिता पार्टीको हरेक तहमा खोजेका छन् ।

नेकपा एमालेले पछिल्लो स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका, प्रदेश सभाको चुनाव, संसदीय चुनाव, जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा एमालेले तेलि समुदायले ठूलो धोका दिएको आरोप लगाइएको छ ।

Comment


Related News

Latest News

Trending News