२०८२ मंसिर १९, शुक्रबार ०७:४५

जनकपुरधामस्थित धार्मिक सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक महत्व बोकेको राम मन्दिर र जानकी मन्दिरको परिसर व्यवस्थापनलाई मूर्तरुप दिइने भएको छ ।

जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिर सम्पदा स्थलहरूले प्रमुख पर्यटन केन्द्रको रूपमा दिगो विकास र आर्थिक वृद्धिलाई पनि टेवा पु¥याउँदै स्थानीय समुदायहरूको पहिचानलाई सुरक्षित रुपमा राख्नका लागि कार्य थालिने भएको छ ।

यूनेस्को र कोरियन फण्ड्स इन ट्रस्ट दक्षिण एशियाली सांस्कृतिक सम्पदा स्थल व्यवस्थापन पहल (भुटान र नेपाल) नेपाल सहित दक्षिण एसियाका सम्पदा स्थलहरूले ठूलो सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक महत्व बोकेका छन् । यी सम्पदा स्थलहरूले प्रमुख पर्यटन केन्द्रहरूको रूपमा दिगो विकास र आर्थिक वृद्धिसंगै स्थानीय समुदायहरूको पहिचानलाई स्थापित गरिने योजना रहेको छ । विश्व सम्पदा स्थलरू र सम्भावित सूची स्थलहरूको संरक्षकको हैसियतले नेपालले संरक्षण, पर्यटन व्यवस्थापन, र पूर्वाधार विकाससँग सम्पदा संरक्षण सन्तुलनमा निरन्तर चुनौतीहरूको सामना गर्दै आइरहेको छ ।

यूनेस्को र कोरियन फण्ड्स इन ट्रस्ट दक्षिण एशियाली सांस्कृतिक सम्पदा स्थल व्यवस्थापन पहल (भुटान र नेपाल) मा शुरु हुन लागेको पाँच वर्षे परियोजनाले नेपालको राम मन्दिर र जानकी मन्दिर परिसर (जनकपुरधाम), भूति परिसर (दैलेख), लुम्बिनी मुस्ताङ सम्पदा करिडोर, र लोमान्थाङ रहेको जनाइएको छ ।

यसले पर्यटन र संपदा संरक्षणका आवश्यकताहरूलाई सन्तुलनमा राख्दै प्रत्येक स्थानका लागि विशिष्ट चुनौतीहरूलाई सम्बोधन गर्ने रणनीति स्थापित गर्ने विश्वास लिएको छ ।

Comment


Related News