नेपाल राष्ट्र बैंक कर्मचारी संघको आयोजनामा जनकपुरधाममा मधेश प्रदेशस्तरीय अन्तर बैंक क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
जनकपुरधाममा बिहीबारदेखि शुरु भएको मधेश प्रदेशस्तरीय अन्तर बैंक क्रिकेट प्रतियोगिता– २०८२ को उद्घाटन भएको छ । क्रिकेट प्रतियोगिताको पहिलो दिन ४ वटा खेल सम्पन्न भएको छ । पहिलो क्रिकेट प्रतियोगितामा कुमारी बैंक र माछापुच्छ«े बैंकको बीचमा भएको थियो । जसमा कुमारी बैंकले विजयी भएको छ ।
त्यस्तै दोस्रो खेलमा नेपाल राष्ट्र बैंक र लक्ष्मी सनराइज बैंकबीचमा भएको थियो । जसमा लक्ष्मी सनराइज बैंकले जीत हासिल गरेको छ । त्यस्तै तेस्रो खेल एन.आई.सी. एसिया बैंक र प्रोग्रेसिभ फाइनान्सबीचमा भएको थियो । जसमा एन.आई.सी एसिया बैंकले विजयी भएको छ । त्यस्तै चौथो खेलमा नेपाल एस.बी.आई. बैंक र नबिल बैंकबीचमा भएको थियो ।
जसमा नेपाल एस. बी. आई. बैंक विजयी भएको छ । उक्त क्रिकेट प्रतियोगिता मंसिर २१ गतेसम्म राराब क्याम्पसको पूर्वतर्फ रहेको मैदानमा खेल भइरहेको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ जनकपुर समितिका अध्यक्ष सियाराम यादवको अध्यक्षतामा भएको क्रिकेट प्रतियोगिताको संयुक्त संयोजन प्रभु बैंक र एन.एम.बी बैंकले गरेको छ ।
उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रा, नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयका कार्यालय प्रमुख डिलाराम सुवेदी तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रादेशिक प्रमुख, शाखा प्रबन्धक र अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।



