२०८२ मंसिर १९, शुक्रबार १५:३०

मधेश प्रदेशको नयाँ सरकार निर्माणका लागि सात दलीय गठबन्धनले नेपाली कांग्रेसका कृष्णा यादवलाई मुख्यमन्त्रीको रुपमा अगाडि बढाउने सहमती जुटेको छ ।

मुख्यमन्त्री पदका लागि लोसपाका जितेन्द्र सोनल प्रत्यासी रहेकोमा अहिलेको राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै कृष्णा यादवलाई नै मुख्यमन्त्री बनाउने पक्षमा ७ दलीय गठबन्धनबीच सहमती भएको जनाइएको छ । आजै केही बेरमा मधेश प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गर्न जाने गठबन्धनका एक नेताले जानकारी दिए ।

मन्त्रालय बाँडफाँटको विषयमा केही सहमती भईसकेको र केही हुन बाँकी रहेको जनाइएको छ । आज साँझ ५ बजेसम्म दाबी पेश गर्ने अन्तिम समय रहेकोले अहिलेका लागि मुख्यमन्त्रीमा कृष्णा यादवको नामसहित प्रदेश प्रमुख कहाँ जाने तयारी भइरहेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News