२०८२ मंसिर १९, शुक्रबार १७:५३

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जिल्ला प्रशासन कार्यालय धनुषामा धर्ना दिएको छ ।

जसपा नेपालद्वारा पूर्व घोषित कार्यक्रम अनुसार आज दिउसो जिल्ला प्रशासनमा धर्ना दिएका हुन । मधेश आन्दोलनको क्रममा सरकार संग भएको २२ र ८ बुन्दे सहमति कायम गर, जेनजी आन्दोलनको मांग पुरा गर , प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपाति निर्वाचन प्रणाली लागु गर जस्ता नारा लगाउदै जसपाका नेता कार्यकर्ताहरु प्रदर्शन गरेका थिए ।

जसपा धनुषाका अध्यक्ष पशुपति यादवको नेतृत्वमा नगरको विभिन्न भागको परिक्रमा गर्दै नेता कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

प्रदर्शनमा पार्टीका केन्द्रिय पदाधिकारी, सदस्य, प्रदेशसभाका सदस्यहरु, जिल्लाका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।
जसपा नेपालले आज देशभरिको प्रशासन कार्यालयमा धर्ना प्रदर्शन गरेको छ ।

Comment


Related News

Latest News

Trending News