२०८२ मंसिर २०, शनिबार १७:३७

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताउनुभएको छ ।

शनिबार एमाले मुख्यालय च्यासलमा एमालेको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रममा ओलीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने अवस्था नरहेपनि अब कुनै दिन हुने शान्तिपूर्ण निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताउनुभएको हो ।

अव हुने निर्वाचनमा एमाले बहुमतका साथ फर्किने उहाले बताउनुभयो । ओलीले अब पुराना पार्टी सकिए भन्न नसोच्न सुझाव दिदै निर्वाचनपछि पनि पुराना पार्टीकै नेतृत्वमा सरकार बन्ने तर्क गर्नुभयो । ओलीले यसबीचमा एमाले समिकरण बदल्ने वा सरकार ढाल्ने खेलमा नरहेको स्पष्ट पार्नुभयो । उहाले एमालेबिरुद्ध जस्तोसुकै हमला भएपनि त्यस्ता शक्तिलाई एमाले एक्लैले परास्त गर्ने जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले भदौ २३ र २४ को घटना पछि देश प्रतिगमत तर्फ अघि बढेको भन्दै प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताउनुभयो । अहिले विधि प्रक्रिया बिना नै कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको ओलीले बताउनुभयो ।

उहाले असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधि सभा पुनस्र्थापित गर्नुपर्ने दोहराउनुभयो । उहाँले सरकारले छानबिन गर्न भनि बनाएको आयोग अराएको काम गर्न बताएको तयारी संयन्त्र भएको बताउनुभयो । प्रधानमन्त्री ध्यान आफुलाई पक्राउ गर्नेमा केन्द्रीत भएको उल्लेख गर्दै ओलीले आफ्ना विरुद्ध प्रमाण तयार गर्न चुनौती दिनुभयो ।

नेकपा एमाले देश, जनता, लोकतन्त्र, सुशासन, विकास, संविधानको पक्षमा लगातार गतिशील पार्टी भएको उहाँले दाबी गर्नुभयो । उहाले देश अहिले विभाजित अवस्थामा रहेको बताउँदै यतिबेला अत्यन्त सघन ढङ्गले एमालेका क्रियाकलाप सम्प्रेषित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले विश्व मञ्चमा नेपालको भूमिकालाई देखिने गरी स्थापित गर्ने काम एमालेबाट भएको समेत बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News