२०८२ मंसिर २०, शनिबार १७:४१

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नेकपामा युवाहरूको आकर्षण बढेको र हजारौँको सङ्ख्यामा युवाहरू आफ्नो पार्टी प्रवेश गरेको दाबी गरेका छन्।

शनिबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै जेनजी आन्दोलनको जायज मागलाई अघि बढाउन पार्टीले मुख्य भूमिका खेल्ने बताए।

अन्य नेकपा नेताहरूले पार्टीलाई बलियो शक्तिको रूपमा स्थापित गर्दै मुलुकमा देखिएका बेथिति अन्त्य गर्ने धारणा राखे। नेकपाले पार्टी एकताको सन्देश दिन विभिन्न प्रदेशमा सन्देश सभा गर्दै आएको छ ।

अब कर्णाली र काठमाडौँमा एकता सन्देश सभाको आयोजना गर्ने तयारी भइरहेको नेकपाले जनाएको छ।

Comment

Related News

Latest News

Trending News