मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादवले आइतबार शपथग्रहण गर्ने भएका छन् ।
मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नवनियुक्त यादवलाई आइतबार विहान शपथग्रहण गराउने कार्यक्रम रहेको जनाइएको छ । विभिन्न घटक दलहरुले दुई÷दुई वटा मन्त्रालयमा दाबी गर्न थालेपछि मुख्यमन्त्री यादवले आइतबार बिहान सात बजे सात दलीय गबठन्धनको बैठक बसेर टुंगो लगाइने स्रोतले जनाएको छ । तर गठबन्धनमा रहेका घटक दलले भने अझैसम्म पनि मन्त्रालय र मन्त्रीका लागि कसैको पनि नाममा निर्णय हुन नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुने बताइएको छ ।
यद्यपि मुख्यमन्त्री यादवसंगै विनाविभागीय मन्त्रीका रुपमा शपथ ग्रहणको लागि पनि आन्तरिक थालिएको स्रोतको भनाइ छ । नवनियुक्त मुख्यमन्त्री यादवलाई कांग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एकीकृत समाजवादी, जनमत पार्टीका प्रदेश सांसद गरी ७७ जनाको समर्थन रहेको छ ।



