भारत सरकारको सहयोगमा बिहार राज्यको रक्सौलदेखि नेपालको संघीय राजधानी काठमाण्डुसम्म रेलवे मार्गका लागि डिटेल्ड प्रोजेक्ट रिर्पोट(डीपीआर) तयार भएको छ ।
भारत रेलवेका अधिकारीहरुले जनाए अनुसार बिहार राज्यसित जोडिएको क्रसबोर्डर रक्सौल–काठमाण्डु रेल लिंकको लामो योजनाको डीपीआर तयार भएको छ । निर्माण पूर्व गरिने महत्वपूर्ण कार्य पूरा भएको बताउँदै अधिकारीले सन् २०२६ को पहिलो महिना जनवरीमा डीपीआर हस्तान्तरण गरिने जनाएका छन् ।
बिहारको रक्सौलदेखि काठमाण्डुसम्म रेलवेको सोझो सम्पर्क स्थापित हुने अधिकारीहरुले जनाएका छन् । यसले भारत र नेपालबीचको क्रस बार्डर सम्पर्कमा सुधार आउने छ । २५ हजार करोड भारतीय रुपैया बजेट रहेको रेलवे लाईन निर्माणपछि रक्सौलदेखि काठमाण्डुबीचको दूरी ३ घण्टामा सिमित हुनेछ । सडकमार्गबाट रक्सौलदेखि काठमाण्डुको दूरी हाल कम्तीमा ५ घण्टा रहेको छ ।
रेलले त्यसलाई ३ घण्टामा सिमि तगर्ने भारतीय अधिकारीहरुले जनाएका छन् । डीपीआर तयारीको अन्तिम चरणमा रहेको र जनवरीमा हस्तांतरण हुने बताउँदै अधिकारीहरुले भने, अब चाँडै ट्रयाक लेयिंग कार्यको टेण्डर हुने बताएका छन् । झण्डै ८० प्रतिशत कार्य कोंकन रेलवेले पुरा गरिसकेको अधिकारीहरुले जनाएका छन् ।
निर्माण हुन लागेको रेलवे लाईनले भविष्यमा भारतको राजधानी नयाँ दिल्ली र नेपालको राजधानी काठमाण्डु जोड्ने ‘दिल्ली –नेपाल ट्रेन सर्भिस’बनाइने छ ।यो रेलवेको ठुलो क्षेत्रिय रेल नेटवर्क बन्नेछ । भरत बिहारको जयनगरदेखि –महोत्तरी जिल्लाको भँगहा सम्मको ४५ किलोमिटर लामो रेलमार्ग कोँकनले बनाएको छ ।
भारतीय रेलको ईञ्जिन लगायतका कार्यहरु कोंकनले गर्दै आएको छ । प्रस्तावित रेल मार्गले रक्सौल–काठमाण्डुबीच लाग्ने् यात्रा समयमा नाटकीय ढंगले कमी ल्याउने बताइएको छ । हाल रक्सौलदेखि काठमाण्डुको मोटरबाट १ सय ३६ किलोमिटर लामो रहेको छ । बस, जीप लगायतका साना सवारीहरुबाट रक्सौलदेखि काठमाण्डु जाने कम्तीमा ५–६ घण्टा लाग्ने गरेको छ । तर रेल मार्गको दूरी १ सय ४१ किलोमिटर हुने डीपीआरमा उल्लेख छ ।
सञ्चालन भएपछि त्यो दूरी ३ घण्टामा सहजै पूरा गरिने रेलवे अधिकारीहरुले जनाएका छन् । रक्सौलदेखि काठमाण्डु सम्म कुल १३ रेलवे स्टेशन हुने रेलवेका अधिकारीहरुले बताएका छन् । रेलमार्गमा ४२ किलोमिटर सुरुंग मार्ग र १ सय २४ वटा पुल निर्माण हुने कोंकनका अधिकारीहरुले जनाएका छन् । ब्रोडगेज रेललिकमा १ सय २० किलोमिटर प्रतिघण्टाको द्रूतगतिमा रेल गुडने कोँकनले जनाएको छ ।
बिहारको दिनदयाल जक्सन र झाझा जक्सनले तेस्रो र चौथो रेललाईनको डीपीआर पनि आगामी वर्षको मार्च महिना सम्म पूरा हुने बताइएको छ । सो योजनाको लागि १७ हजार करोड भारतीय रुपैयाँ बजेट बिनियोजन गरिएको छ । रक्सौल– काठमाण्डुबीचको तेस्रो र चौथों चरणको योजनालाई बिहार पर्यटन अन्तरगत स्वीकृति प्रदान गरिएको छ ।
यो योजना पनि द्रूतगतिमा अगाडि बढिरहेको अधिकारीहरुले जनाएका छन् । डीडीयू–दानापुर, दानापुर–फतुहा र क्यिुल–झाझालाई सानो आकारको निर्माणमा राखेर कार्य अगाडि बढाइने बताइएको छ । रक्सौलदेखि जीतपुर, निजगढ, शिखरपुर, सिस्नेरी र सतीखेल हुँदै रेल चोभार पुग्ने छ । कोँकनका अधिकारीहरुले जनाए अनुसार रेलवेको लागत घटाउन हरसंभव प्रयास भइरहेको बताएका छन् । उनीहरुले यात्रुवाहक र मालबाहक दुबै रेल सञ्चालन हुने जनाएका छन् ।
चोभार सम्म मालबाहक रेल पुग्ने बितिकै भारत लगायत तेस्रो मुलुकबाट नेपाल आउने मालसमानको ढुवानी खर्च निकै घटने व्यवसायीहरुले बताएका छन् । नेपालमा हाल बिहारको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरी जिल्लाको भँगहा सम्म ४५ किलोमिटर मात्र रेल सेवा सञ्चालनमा रहेको छ । त्यो पनि यात्रुवाहक मात्र रहेकोले भारी घाटामा रेल सञ्चालन भइरहेको रेलवेको तथ्यांकबाट देखिन्छ ।
रक्सौलदेखि काठमाण्डुसम्म सञ्चालन हुने रेलमार्गमा यात्रुवाहक र मालवाहक सेवा सञ्चालन भए मुनाफामा सञ्चालन हुने अधिकारीहरुको विश्लेषण छ । नेपालमा हाल पूर्व–पश्चिम रेलको काम पनि भइरहेको छ । तर त्यो कछुवाको गतिमा काम भइरहेको छ ।



