जनकपुरधामको प्रसिद्ध नुमना विद्यालय गोगल प्रसाद नमुना माविमा नवनिर्मित चारकोठे भवनको समुदघाट्न गरिएको छ ।
सोमबार जनकपुरधाम उपमाहानगरपालिकाका मेयर मनोज कुमार साह र उपमेयर किशोरी साहले संयुक्तरुपमा उदघाट्न गरेका हुन् । ६१ लाखमा निमार्ण गरिएको सुविधा सम्पन्न भवनको उदघाट्न गर्दै मेयर साहले जनकपुरधाम उतकृष्ट वन्दै गएको यस विद्यालयले शिक्षा क्षेत्रमा नवक्रान्ति ल्याउने बताएका छन् ।
गोगलले विगत केहि वर्ष देखि देखाएको अदभुत क्षमताले जनकपुरधाम भरिमै उत्कृष्ट विद्यालय बन्न सफल भएकोले नगरको अरु विद्यालयहरुले पनि यसबाट पाठ लिदै अगाडी बढ्नुपर्ने बताए । उनले नगरलाई उज्यालो बनाउनका लागि सडकहरुमा विद्युतीकरणको कार्य द्रुत गतिमा अगाडी बढिरहेको बताउदै खेती योग्य जग्गा रहेको ठाउमा सेन्सर लाइट लगाउन गइरहेको बताए । उनले भने,‘जनकपुरधाम उपमहानगरपालिका नगर भित्र आठ किलोमिटर लाइट लगाउन सफल भएको जसमा १५ वटा मिटरको पैसा जनकपुरधाम उपमहानगरपालिकाले तिरेको छ ।हाइमेक्स लाइट लगाउनु भन्दा पनि सेन्सर लाईट वढि उपयोगी तथा कम खर्च हुने भएकोले यसको प्रक्रिया अगाडी बढाएका छौ ।’
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा प्रमुख अन्जु पाण्डेले गोगल विद्यालय वि.स.२०७४ देखि नमुना विद्यालय बनेको र यस विद्यालयलाई अगाडी बढाउनका लागि उपमहानगर हरसम्भव प्रयास अगाडी बढाएको बताईन् । उनले भनिन्,‘यस विद्यालयमा विद्यार्थीको संख्या उल्लेख्य छ,अब विद्यार्थी बढाउनु भन्दा शिक्षाको स्तरवृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता छ ।’विद्यालयलाई उतकृष्ट बनाई राख्न हरेक विषयको छुटै ल्याव स्थापना गर्न सुझाव दिदै उनले आवास,व्यवस्थित क्यान्टीन,बगैचा लगायतको राम्रो व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताईन् । उनले भौतिक पुर्वाधार राम्रो मात्र होइन शिक्षामा पनि ध्यान दिन आग्रह गर्दै उपमहानगरपालिकाले आवश्यक सहयोग गर्न अग्रसर रहेको बताएकी थिइन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महाविर दासले विद्यालयले पाएको अपेक्षित सफलता विद्यालयमा कार्यरत सम्पुर्ण कर्मचारी र विद्यार्थीहरुको भरपुर सहयोगका साथै उपमाहानगरपालिकाले समय समयमा गरिरहेको सहयोगले सम्भव भएको बताए । उनले विद्यालयमा आवश्यक ल्यावको आवश्यकता रहेकोले जनकपुरधाम उपमहानगरपालिकाले २० लाख बजेट सहयोग गर्न आग्रह गर्दै विद्यालयलाई उतकृष्ट बनाई राख्न आफु हरसम्भव प्रयासरत रहने बताए ।
५५ लाख सर्शत अनुदान र ३ लाख पालिकाबाट आएको सहयोगले ६१ लाखको लागतमा बनेको चारकोठे भवनमा ल्याव लगायतको कार्य अगाडी बढाउने प्रधानाध्यापक दासले जानकारी दिएका छन् । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहको पनि उपीिस्थती रहेको थियो ।




