२०८२ मंसिर २३, मंगलवार ०७:५७

नेपाल बार एशोसिएशन जनकपुरधामले विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाउने भएको छ ।

सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी नेपाल बार एशोसिएसन जनकपुरधाम, धनुषाले यस वर्ष विभिन्न कार्यक्रमहरु गरी अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाउने जानकारी दिएका छन् । एशोसिएसन धनुषाका अध्यक्ष बिमल कुमार मिश्रका अनुसार मंसिर २४ गत्ते बुधबारको दिन जनकपुरधाममा प्रभात फेरि गरिने कार्यक्रम रहेको छ । उक्त प्रभात फेरि कार्यक्रममा देशभरिका कानुन व्यवसायीहरुको उपस्थिती रह्ने उनले जानकारी दिए ।

सो लगत्तै जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा थप कार्यक्रमहरु हुने उनले बताए । उक्त कार्यक्रमको उद्घाटन नेपालका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले गर्ने अध्यक्ष मिश्रले जानकारी दिए । एशोसिएसनले दुई दिनसम्म अन्तरक्रिया, गोष्ठि लगायतका विभिन्न कार्यक्रम गर्ने अध्यक्ष मिश्रले बताए । उनले सम्पूर्ण धनुषावासीलाई जनकपुरधाममा आउने कानुन व्यवसायी तथा अतिथीहरुको स्वागत तथा व्यवस्थापन गरिदिन आग्रहसमेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News