२०८२ मंसिर २३, मंगलवार १२:१६
सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।
आज सुन तोलामा एक हजार रुपैयाँले घटेर तोलाको दुई लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको दुई लाख ५२ हजार नौ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ भने १५ रुपैयाँले बढेको छ ।
आज चाँदी १५ रुपैयाँले बढेर तोलाको तीन हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको तीन हजार पाँच सय ८५ रुपैयाँ थियो ।



