२०८२ मंसिर २३, मंगलवार १६:५३

सर्वोच्च अदालतले मधेस प्रदेश सभा सांसद कंचन विच्छालाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मंगलबार विच्छालाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो।

राप्रपाकी सांसद विच्छा एमाले नेतृत्वको यसअघिको सरकारमा मन्त्री बनेकी थिइन्।

पार्टी निर्णयबिना सरकारमा सहभागी भएको भन्दै राप्रपाले उनलाई स्पष्टीकरण सोधेर कारबाही गरेको थियो। अध्यक्ष राजेन्द्र लिङ्देनले विच्छालाई सरकारबाट फिर्ता आउन निर्देशन दिएका थिए।

राप्रपाले गरेको कारबाहीविरूद्ध विच्छाले सोमबार सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

सर्वोच्चले मंगलबार यसबारे कारण देखाउ आदेश जारी गरेको हो।

Comment

Related News

Latest News

Trending News