२०८२ मंसिर २४, बुधबार ०८:०१

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २७ गते शुक्रवार विश्वासको मत लिने भएका छन् ।

बुधवार २४ गते विश्वासको मत लिने भनिएपनि मुख्यमन्त्रीको कार्य व्यस्तताले मिति सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि नै सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले आगामी मंसिर २४ गते विश्वासको मत लिने निर्णय गरेको गरेको थियो । यही मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादव मंसिर २१ गतेका दिन तीन जना मन्त्री सहित पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

उनीसंगै जनमत पार्टीबाट अर्थमन्त्री महेश यादव, कांग्रेसबाट जंगीलाल राय र नेकपा एसबाट कनिष पटेल विना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए । विश्वासको मतकै लागि तत्काल सानो आकारको मन्त्रिपरिषद हाललाई गठन गरिएको छ । विश्वासको मतपछि मन्त्रालयको बाँडफाँडपछि अन्य मन्त्रालयको टुँगो लगाइने मुख्यमन्त्री श्रोतले जनाएको छ ।

विश्वासको मत लगतै मन्त्रालयको बाँडफाँडपछि अन्य दलहरु पनि सरकारमा सहभागी हुने जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News