२०८२ मंसिर २४, बुधबार ०८:१२

विरगञ्जस्थित कन्सुलेट जनरल अफ इण्डियाले बुधवार जनकपुरधाममा भव्य ओडिसी नृत्य कार्यक्रम आयोजना गर्न लागेको छ ।

भारतीय शास्त्रीय नृत्यका ख्याति प्राप्त कलाकार सन्ध्या कुञ्जन मेनन दास तथा उनको समूहले प्रदर्शन गर्ने यो कार्यक्रमले मिथिला र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास आयोजक पक्षको रहेको छ ।

कार्यक्रम मैथिली विकास कोषको भवनमा बेलुका ४ :०० बजे सुरु हुने कोषका अध्यक्ष जिवनाथ चौधरीले जानकारी दिएका छन् । कार्यक्रममा सहभागिताका लागि कन्सुलेट जनरल अफ इण्डियाले जनकपुरधामका कलाकार, संस्कृतिप्रेमी र समाजका प्रतिनिधिलाई आग्रहण गरेको छ ।

ओडिसी नृत्य भारतको ओडिशा राज्यबाट उद्गम भएको शास्त्रीय नृत्य विधा हो । यसले भक्ति, सौन्दर्य र शास्त्रीय अभिव्यक्तिलाई समेट्छ । सन्ध्या कुञ्जन मेनन दासको टोलीले नेपालका विभिन्न शहरहरूमा आफ्नो प्रस्तुति मार्फत दर्शकको मन जित्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News