२०८२ मंसिर २४, बुधबार १८:३५

प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुजिन शाक्य बुधबार पक्राउ परेका छन्।

उनलाई ललितपुर महानगरपालिका ११ को ईखाँछेबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

उनीमाथि प्रभु बैंकको एक अर्ब रुपैयाँ भन्दा बढी रकम हानिनोक्सानी पुऱ्याएको अनुसन्धानको क्रममा देखिएकोले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको थप कसूरमा अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।

नियम विपरित सुपर एजेन्ट बनाई रेमिटेन्स कारोबार गर्न प्रभु म्यानेजमेन्टलाई एड्भान्स रकम दिई प्रभु म्यानेजमेन्टसँग रेमिट कारोबार स्थगित भए पश्चात समेत नेपाल राष्ट्र बैंकको निर्देशन तथा कानुन विपरीत लामो समयसम्म स्वार्थ समूहलाई उक्त रकम प्रयोग गर्न दिई प्रभु बैंकलाई ८ करोड ९३ लाख १९ हजार ९ सय ८६ रुपैयाँ ३० पैसा हानिनोक्सानी गराएको अनुसन्धानबाट खुलेको सिआइबीले जानकारी दिएको छ।

यस मुद्दामा यसअघि नै प्रभु बैँकका सिइओ अशोक शेरचन पक्राउ परेका छन्।

Comment


Related News

Latest News

Trending News