२०८२ मंसिर २४, बुधबार १९:३६

भन्सार एजेन्ट महासङ्घको आन्दोलनका कारण ठप्प भएको विराटनगर भन्सार लगाएत देशभरका भन्सार कार्यालयमा जाँचपासको काम सुचारु भएको छ ।

भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबिच भएको वार्ता सकारात्मक रूपमा टुङ्गिएर आन्दोलन रोकिएसँगै भन्सार जाँचपासको काम सुचारु भएको हो ।

भन्सार ऐनमा गरिएको संसोधनले भन्सार एजेण्ट र उद्योगी व्यवसायीलाई दण्ड जरिवाना लगाएको भन्दै एजेण्टहरुले पेन डाउन गर्दा मंगलबार देखि भन्सार कार्यालयको काम ठप्प भएको थियो । भन्सार एजेण्टहरुले काम थालेसंगै जाँचपासको काम सुचारु भएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता एवम् भन्सार अधिकृत विमल साहले जानकारी दिनुभयो ।

विराटनगर भन्सार कार्यालयबाट दैनिक करिब ३ सय प्रज्ञापनपत्र मार्फ साढे ३ सय गाडीहरु छुट्ने गरेका छन् ।

Comment


Related News

Latest News

Trending News