२०८२ मंसिर २५, बिहीबार ०७:४२

बलात्कार आरोपमा पक्राउ परेका जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्यासी एवं एमाले नेता हिरा भनिने शिवशंकर साहको थुनामा अवधि चार दिन थपिएको छ ।

अनुसन्धानका लागि जिल्ला अदालतबाट चार दिन थुनामा राख्ने म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेशबहादुर बमले जानकारी दिएका छन् । केही दिनअघि एक १४ वर्षीया बालिकालाई आफ्नै होटेलमा जबरजस्ती करणी गरेको आरोपमा साहलगायत चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो ।

घटनाका आरोपित हिरा र घटना ढाकछोप गर्न आर्थिक लेनदेनमा मध्यस्थकर्ताको भूमिका निर्वाह ग र े क ा पिडीत बालिकाका मामा संजय महासेठ पक्राउ गरिएको पुष्टि जिल्ला प्रहरी कार्यालय डिएसपी बमले पुष्टि गरेका थिए । सोही मुद्दामा हिराको नातमा दाई पर्ने मनोज महतोलाई यसअघि नै काठमाडौबाट प्रहरीले पक्राउ गरेको थियो ।

थप एकजनाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटना ढाकछोप गर्न करीब २७ लाख रुपैयाको लेनदेन भएको कुरा चर्चा समेत रहेको छ । सोही मुद्दामा पिडीत बालिकाकै मामा महासेठ पक्राउ परेको हो । साह गत २०७९ को चुनावमा जनकपुरधाम उपमहानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार थिए । उनी निकटतम प्रतिद्वन्दी भएका थिए । साह जनकपुर उद्योग वाणिज्य संघ र मधेश उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहिसकेका छन ।

Comment


Related News

Latest News

Trending News