गत ११ वर्षदेखि जनकपुरधाममा सञ्चालनमा रहेको मिथिला डिर्पाटमेन्ट स्टोरले आफ्नो पाँचौ शाखा विस्तार गर्दै क्याम्पस चौकमा नयाँ स्टोर संचालनमा ल्याएको छ । बुधवार सो स्टोरको उद्घाटन जनकपुरधाम वडा नम्बर ४ का अध्यक्ष सुरेश झाले गरेका छन् ।
उनले डिपार्टमेन्टको उद्घाटन गर्दै भन घर र चुल्हा प्रयोजनको सबै सामान एकैठाउँमा भेटिने हबको रुपमा खोलिएका यी डिपार्टमेन्टले आम नागरिकलाई निकै सहजता प्रदान गर्नेछ । जनकपुरधामको शिव चौकबाट २०७१ सालमा स्थापना भएको मिथिला नामले डिर्पाटमेन्ट स्टोर सञ्चालन गरिएको थियो ।
शिव चौकको सफलतापछि केही वर्षअघि रामानन्द चौकमा दोस्रो शाखा, तेश्रो शाखा भ्रमरपुरा चोकमा, चौथो शाखा कदम चोकमा संचालनमा ल्याइएको थियो भने क्याम्पस चोकबाट मटकोरबा पोखरी जानेबाटोमा पांचौ शाखा संचालनमा ल्याएको हो । स्टोरका प्रवन्ध निर्देशक शिवेन्द्र झाले उपभोक्तामाझ राम्रो व्यवहार गर्न सफल भएको कारण डिपार्टमेन्टले आफ् नो चौथो शाखा विस्तार गर्न सफल भएको बताए । उनले भने आफ्नो स्टोर संचालनमा आएपछि बजारमा सामानको दररेटमा एकरुपता ल्याउन र प्रतिष्पर्धा गराउन सफल भएको छ ।
जनकपुरधामको हरेक चोक चोकमा मिथिला डिपार्टमेन्ट स्टोर संचालनमा ल्याउने योजना संचालक समितिको रहेको उनले बताए । नयाँ स्टोरमा कस्मेटिक, किराना र गिफ्टका सामाग्रीहरु राखिएको जानकारी दिए ।



