२०८२ मंसिर २५, बिहीबार ११:१७

स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ५३ हजार एक  सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला दुई लाख ५२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँले बढेको छ।

बुधबार तीन हजार सात सय ५० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार तीन हजार आठ सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार दुई सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comment


Related News