नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदमा धनुषाको मिथिला नगरपालिकाका किरण बहादुर कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
२०४६ सालदेखि निरन्तर पार्टीमा आफ्नो योगदान दिँदै आएका कार्की हाल पार्टीमा सम्पर्क समन्वय कमिटीको केन्द्रीय सदस्य रहेका छन् । कार्की २०६५ सालदेखि २०८२ सम्म धनुषा र महोत्तरीको सम्पर्क मंचको इन्चार्जका रुपमा पनि कार्यरत्त रहेका थिए ।
उम्मेदवारी घोषणा गर्दै उनले भने – ‘नेपालको परिदृष्य फेरिएको बेला हुन गइरहेको नेकपा एमालेको ११ औं महाधिवेशनले समय सापेक्ष नेतृत्व छान्ने विश्वासका साथ आज पनि जनता प्रतिको विश्वास मरेको छैन तर त्यसका लागि हामीले हाम्रो प्रवृती परिवर्तन गर्न जरुरी छ ।’
उनले हिजो भएका कमि कमजोरीलाई आत्मसाथ गर्दै अगाडी बढ्नुको विकल्प नरेहेको बताए छन् ।
कार्कीले भनेका छन्,” गल्ती प्रकृतीहो, गल्ती महसुस गर्नु संस्कृती हो भने गल्ती सच्याउनु प्रगती हो । यसै मान्यतालाई सिरोधार गरेर राजनीतिक अभियानमा आफ्नो यागदान दिन सक्नु नै मुल मंत्र हो ।”



