निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकाहरूलाई नाम फिर्ता लिन आजको समय निर्धारण गरेको छ।
आयोगले सूचना प्रकाशन गरी आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्ममा दलले नाम फिर्ता लिन चाहेमा लिन सक्ने जानकारी दिएको हो।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ १०० राजनीतिक दलले आवेदन दिएको छन्।
प्राप्त आवेदनबारे अध्ययन गरी यही मंसिर २६ गतेसम्म स्वीकृत गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले यही मंसिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न समय दिएको थियो।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीमार्फत चुनिनेछन् भने ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाछ छानिनेछन्।



