२०८२ मंसिर २५, बिहीबार १७:११

सरकारले जेनजी प्रतिनिधि र सरकारबीच भएको सम्झौतालाई अनुमोदन गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार भएको सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

त्यस्तै उनले सम्झौतलाई सम्बन्धित सबै मन्त्रालयले कार्यान्वयन सुरु गर्ने बताए। त्यस्तै बैठकले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न बनेको छानबिन आयोगको म्याद थप गर्ने निर्णय भएको समेत जानकारी दिए।

Comment

Related News

Latest News

Trending News