२०८२ मंसिर २६, शुक्रबार १७:५४

एक लाख घुस लिएको आरोपमा नापी कार्यालय पर्साका कार्यालय सहयोगी (पियन) सहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरेको हो। छूट जग्गा दर्ता गर्नका लागि सेवाग्राहीसँग घुस लिएको देखिएकाले भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जनाएका छन्।

घुस मागेको उजुरी परेपछि अख्तियारको टोली काठमाडौँबाट वीरगन्ज पुगेको थियो। अख्तियारको टोलीले मंसिर २ गते उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

दुवै जनाले वीरगन्ज महानगरपालिका-२५ स्थित जग्गा छुट दर्ता गर्न सहजिकरण गर्न घुस लिएको पाइएको अख्तियारको दाबी छ।
उनीहरू दायर गरेको अभियोगपत्रमा एक लाख रुपैयाँ बिगो दाबी गरिएको छ। त्यससँगै दुवै जनालाई कैद सजाय पनि माग गरिएको छ।

Comment


Related News

Latest News

Trending News