जनकपुरधाममा आर्ट अफ लिभिङ्गद्वारा सञ्चालित युवा नेतृत्व तालिम कार्यक्रमका सहभागीहरुलाई दिक्षीत गरिएको छ ।
७ दिने प्रशिक्षण कार्यक्रममा सहभागी ३३ जनालाई शनिबार दिक्षा र प्रमाणपत्र प्रदान गरिएको छ । ७ दिन सम्म चलेको प्रशिक्षण कार्यक्रममा उनीहरुलाई स्वास्थ्य, जनचेतना र ध्यान सम्बन्धी तालिम दिइएको थियो ।
सो क्रममा बोल्दै जनकपुर उच्च अदालतका मुख्यन्यायाधीश टेक नारायण कुंवरले सुशासनका लागि न्याय सम्पादन निश्पक्ष हुनु पर्ने बताए । उनले लोकतन्त्रमा सबैको समान अधिकार रहेको धारणा राखे । न्यायाधिश कुंवरले शान्तिपूर्ण र सद्भाव कायम राखी सबैले आफ्नो जिम्मेवारी बुझेर काम गर्नु पर्ने बताए । उनले अहिले देशमा विद्यमान भ्रष्टाचार र अनियमितता रोक्नका लागि समाजमा चेतना आवश्यक रहेको बताए । विगतको बदलिदो परिस्थिती अनुसार मानिसमा व्यापक कुरीती र असन्तुष्टि बढेकोले योग साधना र प्रणयामका साथै सबैले संस्कारयुक्त भाषाको प्रयोग गर्न उनले सुझाव दिए ।
कार्यक्रममा मधेश प्रदेश अन्तर्गतको स्वास्थय तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर प्रमोद यादवले आफ्नो बुवा उमेश यादवको नाममा जनकपुरधाम उपमहानगरिपालिका वडा नं. १९ मा ३ कट्टा जग्गा अन्तराष्ट्रि सम्मेलन तथा प्रशिक्षण हल निर्माण गर्न आर्ट अर्फ लिभिङ्कालाई दिने घोषणा गरे । उनले आर्ट अफ लिभिङ्गका लागि आफू सदैव समर्पित रहेको बताए ।


