२०८२ मंसिर २८, आईतवार ०७:३६

मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेशलाई सुशासनयुक्त रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रदेश सभाबाट विश्वासको मत लिइसकेपछि प्रदेश सरकारका कामकारबाहीलाई तीव्र बनाइने जानकारी दिए । उनले प्रदेशका आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह र प्रशासनिक सुधारमा प्राथमिकता दिइने बताए ।

मधेश प्रदेश कांग्रेसका सभापति समेत रहेका मुख्यमन्त्री यादवले प्रदेश सरकार भएको अनुभूति जनतामा दिलाउने गरी कार्यसम्पादन गरिने दाबी गरे। प्रशासनिक पारदर्शिता, सेवा प्रवाहको प्रभावकारिता तथा जनउत्तरदायी शासन प्रणाली सुदृढ गर्नु सरकारको मुख्य लक्ष्य रहेको उनले स्पष्ट पारे ।

उनले सुशासन स्थापनाका लागि पार्टी पंक्ति एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनमा सबै तहका नेता–कार्यकर्ताको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

बैठकमा मुख्यमन्त्री यादवले नेपाली कांग्रेसको आगामी केन्द्रीय महाधिवेशन सफल बनाउन पार्टीका सबै नेता तथा कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा संगठित, अनुशासित र सक्रिय रूपमा लाग्न निर्देशन समेत दिएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News