२०८२ मंसिर २८, आईतवार १८:५७

नेकपा एमालेले ११ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

आइतबार एमालेको केन्द्रीय निर्वाचन आयोगले पुस १ गते नेतृत्व चयनका लागि मतदान हुने गरि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

निर्वाचन कार्यक्रमअनुसार आजै मतदाता नामावली प्रकाशन हुने छ। त्यस्तै नामावलीमाथि दावी विरोध भोलि बिहान ८ बजेदेखि ९ बजेसम्म गर्नुपर्ने छ।

दावी विरोधमाथि छानबिन भोलि १० बजेदेखि नै हुने छ। त्यस्तै भोलि सवा १० बजे नै अन्तिम मतदाता नामावली प्रकाशित हुने छ।

साढे १० बजेपछि ३ बजेसम्म उम्मेदबारी दर्ता गरिने छ। भोलि साँझ ६ बजे नै उम्मेदवारको अन्तिम नमावली प्रकाशित गरिने छ।

मतदान भने पुस १ गते बिहान ११ बजेदेखि पुस साँझ ५ बजेसम्म हुने छ।

Comment


Related News