२०८२ मंसिर २८, आईतवार २२:५३

जनता समाजवादी पार्टी नेपालका नेता एवम विघटित प्रतिनिधि सभा सदस्य दिपक कार्कीले अहिलेको सरकारले चुनाव गराउन सक्छ भन्ने निश्चित नरहेको बताएका छन् ।

आईतबार जसपा नेपालको जनकपुर उपमहानगरपालिकाको नगर अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेता कार्कीले चुनावका लागि जसपा नेपालले आफ्नो तयारी जोड तोडले गरिरहेको भएतापनि सरकारले चुनाव गराउन सक्छ भन्नेमा विश्वस्त नरेहेका धारणा राखेका छन् । चुनाव गराउन सरकार लागिपरेको जस्तो देखिएतापनि अहिले चुनावको लागि बाधक बन्न सक्ने तत्वहरु व्यापक रहेको उनले बताए ।

नेता कार्कीले जेलबाट फरार कैदीबन्दी, हिमाली क्षेत्रको मौसम, नेताहरु संगको समन्वयलगायतका कुराहरुले चुनावमा बाधा सृजना गर्न सक्ने बताए । उनले चुनाव हुने नहुने सरकारको विषय रहेकोले आफूहरुले आफ्नो तर्फबाट तयारी गर्न कुनै कसर नछाडेको जानकारी दिए । केन्द्र देखि जिल्ला र वडा सम्म जसपा नेपालले चुनाव केन्द्रीत कार्यक्रमहरुलाई अगाडि बढाएको नेता कार्कीले बताए ।

जेनजीले अहिले उठाएका मागहरु जसपा नेपालले धेरै पहिला देखिनै उठाएको नेता कार्कीले सबैलाई स्मरण गराए ।

कार्यक्रममा जसपा नेपालका मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले जसपा नेपालले अहिले उठाएको २८ बुंदे मागले जेनजीहरुको मागहरु पनि सम्बोधन गरेको बताए । उनले अहिले सम्म कांग्रेस, एमाले, माओवादीलगायतका दलहरुले नउठाउन सकेको मागहरु लिएर जसपा नेपालले देशव्यापी आन्दोलन गरिरहेको जानकारी दिए । उनले सम्पूर्ण गरीब, पिछडावर्ग, आदिवासी, जनजाती, मुस्लिम, थारुलगायतका पिछडिएकाहरुको समान हक अधिकारका लागि आवाज उठाउने पार्टी एक मात्र जसपा नेपाल पार्टी रहेको बताए ।

Comment


Related News

Latest News

Trending News