२०८२ मंसिर २९, सोमबार ०७:३४

जनकपुरधाम नगर क्षेत्रभित्र दर्ता नभएका टेम्पु तथा ई–रिक्साको आवागमनमा जनकपुरधाम उपमहानगरपालिकाले कडाइ गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालयले एक सूचना जारी गरी जनकपुरधाम नगर क्षेत्रभित्र दर्ता भएका ई–रिक्सा नं. ज.उ.म.न.पा.१ ख…… बाहेकका टेम्पु तथा ई–रिक्सालाई परिक्रमा सडक तथा भित्री सडकमा प्रवेश निषेध गरिएको जनाएको छ । सूचना अनुसार निषेधित क्षेत्रमा टेम्पु वा ई–रि क्सा प्रवेश गरेको पाइएमा पटके रु. २०० जरिवाना गरिनेछ। उपमहानगरपालिकाले सवारी व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित तथा नगरको ट्राफिक चाप न्यूनीकरण गर्नका लागि उक्त निर्णय लागू गरिएको स्पष्ट पारेको छ ।

नगरकार्यपालिकाको कार्यालयले सम्बन्धित सबै सवारी चालक, व्यवसायी तथा सर्वसाधारणलाई नियमको पालना गर्न आग्रह गर्दै उल्लंघन नगर्न सचेत समेत गराएको छ ।

Comment


Related News

Latest News

Trending News