भाजपाको राष्ट्रिय कार्यकारी अध्यक्षमा बिहार सरकारका मन्त्री नितिन नवीनलाई नियुक्त गरिएको छ ।
भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले जारी गरेको पत्रमा भनिएको छ, “भाजपाको संसदीय बोर्डले बिहार सरकारका मन्त्री नितिन नवीनलाई पार्टीको राष्ट्रिय कार्यकारी अध्यक्ष नियुक्त गरेको छ ।“ नितिन नवीनको नियुक्ति तुरुन्तै लागू हुने भनिएको छ । नितिन नवीन बिहार सरकारमा सडक निर्माण मन्त्री र भाजपा छत्तीसगढका पार्टी इन्चार्ज हुन् ।
नितिन नवीनलाई भाजपाको राष्ट्रिय कार्याध्यक्षमा नियुक्त गरिएको बारेमा बिहार भाजपा प्रदेश अध्यक्ष तथा बिहार सरकारका मन्त्री दिलीप जयसवालले भने , “आज बिहार र भाजपाको लागि धेरै ऐतिहासिक दिन हो । बिहारका एक नेतालाई भाजपाको राष्ट्रिय कार्याध्यक्षमा नियुक्त गरिएको छ।“ “म नितिन नवीनलाई बधाई दिन्छु र आज बिहारबाट भाजपाले पाएको ठूलो भाग्यको लागि केन्द्रीय नेतृत्वलाई पनि बधाई दिन्छु ।“


