२०८२ मंसिर २९, सोमबार ०७:५१

भारतीय सिमाना संग जोडिएको रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालन र सहज रुपमा सवारी साधन आवागमनको माग गर्दै सिमाना संघर्ष समिति ले अनिश्चितकालीन आमरण अनसन सुरु गरेको छ।

समितिका अध्यक्ष तथा पूर्व शिक्षक हाजी शेख तजमुल हक आइतबार बेलुका करिब ३ बजेदेखि रामपुर खाप छोटी भन्सार कार्यालयको प्राङ्गणमा आमरण अनसन सुरु गरेका हुन्।

सोमबारदेखि पूर्व गाविस उपाध्यक्ष जगत लाल यादव र समाजसेवी साहेब शाह कानु पनि अनसनमा सहभागी हुने कार्यक्रम रहेको उनले बताएका छन्।

कोरोना महामारीको समयमा स्थानीय सशस्त्र प्रहरी बलको बीओपी रामपुर खाप र भारतीय सीमा सुरक्षा बल एसएसबीले सो नाकाबाट चारपाङ्ग्रे सवारी साधनको आवत–जावत पूर्ण रूपमा बन्द गरेको थियो।

तर महामारी समाप्त भइसकेको लामो समय बितिसक्दा पनि सीमा नाका सञ्चालन नगरेको भन्दै स्थानीयले गुनासो व्यक्त गरेका छन्।

रामपुर खाप नाकाबाट भारततर्फ चारपाङ्ग्रे सवारी आवत–जावत सहज नहुँदा सीमावर्ती गाउँ–टोलका बासिन्दाहरू विवाह, काजक्रिया, उपचार, घरायसी कामकाज तथा दैनिक किनबेचका लागि ठूलो समस्यामा परिरहेको समितिको भनाइ छ।

त्यसैगरी दशकौं देखी सञ्चालन रहेको रामपुर खाप छोटी भन्सार सरकार र माओवादी द्वन्दको समय असुरक्षाको कारण देखाउँदै जिल्ला भन्सार कार्यालय गौरमा मर्ज गरिएको थियो। छोटो भन्सार हटेको झण्डै दुईदशक वित्नलाग्दा पनी पुनः स्थापना हुनसकेको छैन। उक्त स्थानमा छोटी भन्सार सञ्चालन नहुँदा साना ब्यापारीहरू बाध्यभएर भारतीय सामान अबैध रुपमा नेपाल भित्र्याउने गरेका छन्। त्यस्तै ठूला व्यापारी भारतीय सामानको भन्सार कटाउन ३० किलोमिटर टाढा सदरमुकाम गौर पुग्नुपरेको स्थानीयले बताएका छन्। रामपुर खापमा भन्सार सञ्चालन नहुँदा एकातर्फ सरकारी राजश्व चुवाहट भईरहेको छ भने अर्को तर्फ सो क्षेत्रको व्यापार ब्यवसाय प्रभावित भएको उनीहरूले गुनासो गरेका छन्।

यसअघि गत वर्ष पनि सोही माग राख्दै स्थानीयले आमरण अनसन सुरु गरेका थिए। तर तत्कालीन सहायक सिडियो, नेपाल प्रहरीका एसपी,सशस्त्र प्रहरीका एसपीले मौखिक आश्वासन दिएपछि अनसन तोडिएको थियो। करिब एक वर्ष बितिसक्दा पनि कुनै ठोस पहल नभएपछि पुनः आमरण अनसन गर्न बाध्य भएको समितिले जनाएको छ। आईतवार देखी सुरु भएको अनसनप्रति सरोकारवाला निकायबाट कुनै चासो नदेखाइएको भन्दै स्थानीय सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका छन्। समयमै ध्यान नदिइए मानवीय क्षति हुन सक्ने चेतावनी दिँदै त्यसको सम्पूर्ण जिम्मेवारी जिल्ला प्रशासन कार्यालयका प्रमुखले लिनुपर्ने समितिको माग छ।

त्यस्तै क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा प्रत्याशी तथा पार्टीबाट एकल सिफारिस उम्मेदवार डा। फिरदोश आलमले भारतसँग जोडिएको रामपुर खापस्थित छोटी भन्सार नाका तत्काल पुनः सञ्चालन गर्न सरकारसँग जोडदार माग गरेका छन्।आईतवार दिउँसो धर्नास्थल पुगेर आन्दोलन प्रती ऐक्यबद्धता जनाउँदै

डा। आलमले उक्त नाका खोल्न तथा चारपाङ्ग्रे सवारी साधनको आवत–जावत पुनः सुचारु गराउन स्थानीय प्रशासन र केन्द्र सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए।

लामो समयदेखि सञ्चालनमा रहेको रामपुर खाप छोटी भन्सार तत्कालीन सरकार र विद्रोही माओवादीबीचको द्वन्द्वकालमा सुरक्षा कारण देखाउँदै जिल्ला भन्सार कार्यालय गौरमा मर्ज गरिएको थियो।

Comment


Related News