सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित माईस्थान तथा आसपासका चुरे क्षेत्रमा अवैध रूपमा लगाइएको गाँजा खेती फडानी तथा नष्ट गर्ने कार्य सम्पन्न गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज कुमार राईका अनुसार आईतवार बिहान करिब ११स्२५ बजेदेखि सुरु गरिएको संयुक्त कारबाही साँझ ५स्१० बजे सम्पन्न भएको हो। कारबाहीमा जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी लगायत मातहतका प्रहरी कार्यालयबाट खटिएका १०० जना प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस हरिवनबाट ३० जना गरी जम्मा १३० जनाको संयुक्त टोली सहभागी थियो।
संयुक्त टोलीले लालबन्दी नगरपालिका–१४ अन्तर्गत माईस्थानसहित आसपासका चुरे क्षेत्रका विभिन्न स्थानमा करिब ४० बिग्हा क्षेत्रफलमा अवैध रूपमा लगाइएको अनुमानित दुई लाख गाँजाको बोट फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ।
सर्लाही प्रहरीका अनुसार लागुऔषध नियन्त्रण तथा अवैध खेती अन्त्य गर्ने उद्देश्यले यस्ता अभियानलाई निरन्तरता दिइनेछ।


