२०८२ मंसिर २९, सोमबार १४:५०

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रधानाध्यापकसहित २ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।

धनुषाको विदेह नगरपालिका-२ दुहवीको शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर  र लेखापाल अरूणकुमार कुशियैतविरूद्ध अख्तियारले सोमबार मुद्दा दर्ता गरेको हो।

आर्थिक वर्ष २०७८/०७९ मा आइसिटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/०८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आइटी ल्याब स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा रकम हिनामिना गरेको अख्तियारको आरोप छ।

प्रधानाध्यापक धनिकलाल र अरूणकुमारलाई जनही ८ लाख ६२ हजार १५२ रूपैयाँ बिगो माग दाबी गरेको अख्तियारको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

प्रवक्ता अधिकारीका अनुसार उनीहरूको आपसी मिलोमतोमा सरकारी रकम हिनामिना गरेको अख्तियारको आरोप छ।

Comment


Related News

Latest News

Trending News