२०८२ पुष १, मंगलवार ०८:३४

प्लास्टिक पोलिथिनले वातावरणमा नाकारात्मक असर पार्ने गरेको दृष्टिगत गर्दै त्यसको विकल्पको रुपमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा– १ मा पहिलो बायो प्लास्टिक उद्योग सञ्चालनमा ल्याइएको छ ।

सो उद्योगको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै मेयर साहले वातावरण प्रदुषण कम गर्न यस उद्योगबाट उत्पादन हुने जैविक पदार्थबाट उत्पादन हुने प्लास्टिकका झोलाले ठूलो भूमिका निर्वाह गर्ने बताए । उनले अन्य प्लास्टिकको झोलाको तुलनामा यस उद्योगबाट उत्पादन हुने झोला खुला ठाउँमा राख्दा वा प्रयोग गरेर पानी अथवा भुँई संग सम्पर्कमा आएपछि स्वतः ९० दिनमा डिकम्पोज हुनुले फोहोर तथा प्रदुषण नियन्त्रण हुने बताए ।

उद्योगका संचालक लक्ष्मी महासेठले यस उद्योगबाट उत्पादन हुने प्लास्टिकका झोला जलाउँदा तुरुन्त खरानी बन्ने भएकोले यसले वातावरणमा कुनै असर नपर्ने जानकारी दिए । दैनिक ८०० किलो झोला उत्पादन गर्ने क्षमता भएपनि हाल उद्योगबाट ५ सय किलो झोला मात्र उत्पादन गरिने उद्योगका इन्जिनीयर राजीव झाले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News