२०८२ पुष ३, बिहीबार ०७:१३

नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको निर्णय विपरीत संसद् पुनःस्थापनाको पक्षमा सर्वोच्च अदालतमा मुद्दा दिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेलाई कारबाही गर्न माग गरिएको छ ।

जनकपुरधाममा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा पार्टी केन्द्रीय समितिले जेन– जी आन्दोलनको पक्षमा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको केही दिनमै सो निर्णय विपरीत प्रमुख सचेतक घिमिरेले संसद् पुनःस्थापनाका लागि अदालतमा मुद्दा दिएकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न वक्ताहरुले माग गरेका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकबाट गरिएको निर्णयको केही दिनपछि पार्टी सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गोप्य भेटवार्ता लगत्तै सर्वोच्च अदालतमा संसद् पुनःस्थापनाका लागि प्रमुख सचेतक घिमिरेले मुद्दा दिएका थिए ।

कांग्रेस धनुषाका सभापति योगेन्द्र पंजियारको सभापतित्वमा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्यत्रय डा. डिला संग्रौला, गुरुराज घिमिरे, देवराज चालिसे, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, पार्टी धनुषा जिल्ला उपसभापति गणेश झालगायतकाहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News