२०८२ पुष ३, बिहीबार १७:१४

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामुक्त गर्न आदेश दिएको छ।

सहकारी ठगी प्रकरणमा थुनामा रहेका उनलाई बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रिहा गर्न आदेश दिएको हो।

सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा थुनामुक्त गर्न निवेदन दिएका हुन्।

आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले निवेदन दिएका थिए।

Comment

Related News

Latest News

Trending News