२०८२ पुष ४, शुक्रबार ०७:५९

चालु आर्थिक वर्षको साउन महिना देखि ५ महिनाको तलबभता नपाएको भन्दै सर्लाहीका बसबरिया गाउँपालिकाका कर्मचारीहरु अनिश्चितकालिन धर्नामा बसेका छन ।

तलब भत्ता माग्दै शिक्षा शाखा, स्वास्थ्य शाखा, कृषि शाखा, प्रशासन शाखा, पंजिकरण, जिन्सी र सामाजिक विकास शाखामा कार्यरत जम्मा १ सय ३० जना पालिकामा कार्यरत कर्मचारीहरु बुधवारदेखि अनिश्चितकालिन धर्नामा बसेका छन् । गाउँपालिकाको चालू आर्थिक वर्ष २०८२÷८३ को बजेट अहिलेसम्म पारित नहुँदा कर्मचारीहरु तलब भत्ता पाउन सकेको छैन ।

गाँउपालिका अध्यक्ष रामसिंहासन राय तथा उपाध्यक्ष सरिता कुमारी साह बिचको द्धन्द्धका कारण गाँउपरिषद नहुदा बजेट पारित नहुदा आफुहरुले तलबभता नपाएको कर्मचारीहरुले गुनासो गर्दै बताएको छ । जनप्रतिनिधिबिच सहमती जुट्न नसक्दा बजेट पारित हुन सकेको छैन । जसले गर्दा पालिका ठप्प परेको बताएको हो । गएको असारमा नै गाउँसभाको उद्घाटन शत्र प्रारम्भ भएको थियो । बजेट बाँडफाँड सम्वन्धी निर्णय गर्न बन्दसत्रमा सहमती जुट्न नसक्दा समस्या उत्पन्न भएको हो ।

“कसको अवरोधका कारण बजेट नआएको भन्ने विषयमा गाँउपालिकाका उपाध्यक्ष सरिता कुमारी साह संग सोध गर्दा उनले अध्यक्ष रायको मनोमानी र एकल निर्णयका कारण बजेट पारित नभएका कारण समस्या उत्पन्न भएको उपाध्यक्ष सरिता कुमारी साहले बताईन । यता गाउँपालिका अध्यक्ष रायले थप्दै भने गाउँसभाको बन्द सत्र बोलाएर बजेट पारित गर्ने प्रयास गरेका थिए । तर उक्त प्रक्रियाप्रति आपत्ति जनाउँदै गाउँपालिका उपाध्यक्ष सरिता कुमारीले उच्च अदालत जनकपुरमा निवेदन दर्ता गराएकी छन ।

निवेदन माथि सुनुवाइ गर्दै उच्च अदालत जनकपुरले गाउँपालिका उपाध्यक्षको सहभागिताबिनै बजेट, योजना तथा राजस्व प्रस्ताव सम्बन्धी कुनै पनि कार्य नगर्न अन्तरिम आदेश जारी गरेपछि समस्या उत्पन्न भएको अध्यक्ष रायको भनाई छ । अदालतको आदेशपछि गाउँपालिकाको नियमित कामकाज प्रभावित भएको हो । अध्यक्ष पक्षले अदालतको आदेशको सम्मान गर्दै आफूहरू हाल कुनै पनि निर्णय गर्न नसक्ने अवस्थामा रहेको जनाएको छ । अध्यक्ष र उपाध्यक्ष बिचको द्धन्द्धले गर्दा गत ५ महिना देखि तलबभता नपाउंदा घर परिवार र व्यवहार चलाउन समेत समस्या भईरहेको कर्मचारीहरुको दुखेसो पोखेका छन् ।

Comment


Related News

Latest News

Trending News