२०८२ पुष ४, शुक्रबार १२:४६
सुनको भाउ आज घटेको छ ।
आज तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ २ लाख ६० हजार ४ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको पनि घटेको छ ।
आज चाँदी ७५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च ४ हजार ८० रुपैयाँ थियो ।


