२०८२ पुष ५, शनिबार ०८:०४

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका महाधिवेशन प्रतिनिधि शिवशंकर साह ‘हिरा’ को नाममा पनि मतदान गरिएको छ ।

नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा मंसिर २३ गतेदेखि नै जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा अनुसन्धानको क्रममा रहेका एमाले महाधिवशेन प्रतिनिधि हिराको नाममा मतदान गरिएको पाइएको हो । महाधिवेशन निर्वाचन समितिले मतदान नगरेको प्रतिनिधिहरुको सार्वजनिक गरेको विवरणमा ३६ जनाले मतदान गरेको छैन ।

ती विवरणमा ३६ जना मध्ये हिराको नाम छैन । विवरणमा उनको नाम नहुनुले उनको नाममा कसैले मत हालेको देखिन्छ । हिराको नाम भूगोल एवम् महाधिवेशन प्रतिनिधिबाट धनुषाबाट रहेको थियो । सार्वजनिक गरिएको विवरण अनुसार मतदान नगर्नेहरुमा केन्द्रीय कमिटीबाट बसन्त नेम्वाङ, बालकृष्ण काउछामगर, ब्रिजेश गुप्ता, मुकुन्द न्यौपाने, राजकुमार गुप्ता र हरिबहादुर राजवंशी रहेको छन् ।

यस्तै विभागबाट घनश्याम कोइराला, सन्जीव रोका, आयोगबाट, अशोक केसी, पोष्ट कुमार नेपाल, प्रदीप प्याकुरेल (सुशील), सरस्वती गौतम, सतिलाल राजवंशी, समिर नेपाल, रचना राजोपाध्याय रहेका छन् । भूगोल एवम् महाधिवेशन प्रतिनिधिबाट मतदान गर्नेहरुमा अंशु आनन्द– पर्सा, कृष्णमाया भुजेल– झापा, राजेन्द्र प्रसाद यादव– पर्सा, राजेन्द्र अर्याल (गुल्मी), लक्ष्मी यादव– बारा, शत्रुधन प्रसाद सिंह– सिरहा, मनोज कुमार गुप्ता– पर्सा, विजय कापर– सप्तरी, जितेन्द्र चौधरी– महोत्तरी, तेजकुमार बिक, पल्वराज भट्ट (कन्चनपुर), तिलक रिजाल (दैलेख), गोमा नेपाली (कालीकोट), दानबहादुर बिक, बब्लु शिवाकोटी, रहेका छन् ।

त्यस्तै प्रवासबाट अशिम कोइराला, बालुका बेलबासे, गिरिराज बेलबासे, मिना पोखरेल, दिनेश बास्तोला, सिर्जना नेपाली मतदान नगर्नेहरुको सूचीमा रहेका छन । नाबालिक बलात्कार आरोपमा हिरासँगै उनका भाई मनोज साह, अमित ठाकुर र पिडीतका मामा संजय महासेठ पनि प्रहरी हिरासतमै अनुसन्धानको क्रममा रहेको छ । हिरालाई प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारतको सीतामढीबाट प्रक्राउ गरी ल्याएको थियो ।

Comment


Related News

Latest News

Trending News