२०८२ पुष ५, शनिबार १७:१५

श्रीसिया नदीको प्रदुशन नियन्त्रण सरोकारवालाहरुको कमाइ खाने बिषय बन्दै गएको भन्दै वीरगञ्जका जेनजिहरुले बिरोध जनाएका छन । वीरगञ्ज पथलैया कोरिडोरका उधोगहरुले खुलेआमरुपमा प्रदुषित पानी श्रीसिया नदिमा प्रवाह गर्दै आएको बिरोधमा स्थानिय युवाहरुले पर्साका प्रमुख जिल्ला अधिकारी र नगरप्रमुख राजेशमान सिहलाई कालोपानी उपहार दिएका छन ।

नदिकिनारमा रहेका उधोगहरुले खुलेआम रुपमा कालो लेदो र रसायन युक्त बिषाकत पानी नदिमा प्रवाह गरेको बिरोधमा सिर्सिया नदीलाई बचाउ अभियान शनिबार बिहान सुरु गरिएको छ । नदीको फोहोर पानी बोतलमा भरेर सरकारी कार्यालय, उद्योग बाणिज्य सङ्घका पदाधिकारी र राजनीतिक नेताहरूको घरमै पु¥याएर उनीहरूले प्रदूषण नियन्त्रण गर्न दबाव श्रृजना गरेको बताए ।

बीरगञ्ज महानगरका मेयर राजेशमान सिहले चुनाव देखि श्रीसिया नदि नियन्त्रणको बिषयलाई आफु अनुकुल प्रयोग गर्दै आएपनि नियन्त्रणका लागी स्थायी समाधान नगरेको युवाहरुको अरोप छ ।अभियानका युवाहरुले लेदो सहितको कालोपानी भरेको बोतल महानगरलाई उपहार दिएको बताए ।

प्रदुषित पानीले नदीकिनारका दुई दर्जनभन्दा बढी गाउँका बासिन्दा र पशुपन्छी समेत रोगको जोखिममा पर्दै आएका छन । वीरगञ्ज महानगरपालिकाले जरिवाना र नदीलाई प्रदूषित गर्ने उद्योगमै लगेर फोहर थुपार्ने जस्ता कदम चाले पनि प्रदूषण रोकिएको छैन ।
प्रदूषण नियन्त्रण नभए पछि जेन–जी पुस्ताका करिब ३० जना युवाहरू स्वतःस्फूर्त रूपमा अगाडि सरेका छन् । अभियानका अगुवा किसु सर्राफका अनुसार शनिवार बिहान रानीघाटबाट नदीको कालो पानी २० बोतलमा भरेर जिल्ला प्रशासन कर्यालय पर्सा र बीरगञ्ज महानगरपालिका कार्यालयमा उपहार स्वरुप बुझाइएको छ ।

Comment


Related News

Latest News

Trending News