मधेस प्रदेशमा लगानीको सम्भावना प्रयाप्त भएपन सबै प्रदेश भन्दा न्युन कर्जा प्रवाह भएको भन्दै नेपाल राष्ट्र बैंकले चिन्ता व्यक्त गरेको छ ।
नेपाल राष्ट्र बंैक वीरगन्ज शाखाद्धारा आयोजित एक कार्यक्रममा यस्तो चिन्ता व्यक्त गरिएको हो । कार्यक्रममा मधेसमा २२ प्रतिशत मात्र कर्जा लगानी भएकोले बितिय साक्षरता र सचेतनाको आवश्यकता रहेको धारण नेपाल राष्ट्र बंैकका पदाधिकारीहरुले व्यक्त गरे ।
अन्तरक्रिया कार्यक्रममा सहभागी उधोगपति तथा व्यापारीहरुले मुलुकमा बढदै गएको आन्दोलन र आगजनिले आर्थिक लगानिको सुनिश्चितता नभएको गुनासो व्यक्त गरेका छन ।
कार्यक्रममा गवर्नर डाक्टर विश्वनाथ पौडेल समक्ष स्थानिय उधोगपति तथा व्यापारीहरुले यस्तो गुनासो व्यक्त गरेका हुन । राजनैतिक अस्थिरता बढनुका साथै मुलुकमा भ्रष्ट्रचार चरम सिमामा रहेको अवस्थामा लगानिको सुनिश्चितता कसरी हुन सक्छ ? भन्दै स्थानिय उधोगपतिहरुले प्रश्न गरे ।
मधेस प्रदेशमा केन्द्रिय बैकको भूमिक बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गवर्नर बिश्वनाथ पौडेलले आर्थिक अवस्था सुदृढ बन्दै गएको भन्दै उच्च मनोबलका साथ लगानि गर्न व्यापारीहरुलाई अनुरोध गरे । उनले चितवन पथलैया राजमार्ग निर्माणको ठेक्का हुन गइरहेको,निजगढ काठमान्डौ फास्ट्रयाक छिटै निर्माण हुने बताउदै मुलुकमा कनेक्टिभि बढिरहेको अवस्थामा हाउजिग,पर्यटन लगायत सम्भावनाका व्यापार तर्फ ढुक्क भएर लगानी गर्न उधोग पतिहरुलाई अनुरोध गरे ।
बिदेशी मुद्राको सञ्चिती राष्ट्रबैकसंग प्रयाप्तरुपमा रहको र मुलुकको आर्थिक अवस्था सुदृढ बन्दै गएकोले सबै क्षेत्रमा कर्जा प्रवाह गर्न बंैकरहरुलाई उहाले निर्देशन दिनुभयो । प्रोजेक्टको आधारमा मात्र नभइ सम्भावनाका साना साना व्यापारहरुमा पनि सहज रुपमामा कर्जा प्रवाह गर्न गवर्नर पौडेलको भनाइ थियो ।
कार्यक्रममा मधेस प्रदेशको प्रति ब्यक्तिआय सबै प्रदेश भन्दा कमरहेको जानकारी गराइएको थियो । मधेसमा सम्भावना बढी भएपनि कर्जा प्रवाह मात्र २२ प्रतिशक रहेकोले निजी क्षेत्र र बैकरसंगको समन्वय र सम्बादले बढाउन सकिने धारण व्यक्त गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकक अनुशन्धान विभागका कार्यकारी निर्देशक डा रामशरण खरेलले बर्तमान आर्थिक स्थिति र मौद्रिक नितिको भूमिका बारे जानकारी गराउनु भएको थियो । उनले केन्द्रीय बैंक कर्जा प्रवाह लगायतको बैंकिग कारोवार सहज र पहुच योग्य बनाउन प्रयत्न रहेको जानकारी गराए ।


