२०८२ पुष ६, आईतवार १६:१३

मधेश प्रदेश सभाको सभामुखमा जसपा नेपालका राम अशिष यादव चयन भएका छन् ।

सभामुख चयनका लागि आईतबार मधेश प्रदेश सभाको बेठकमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै जसपा नेपालका प्रमुख सचेतक सांसद राम अशिष यादव निर्वाचित भएका छन् । यादवको पक्षमा कुल ७२ मत परेको भने विपक्षमा २४ मत परेको थियो ।

यादवको पक्षमा नागरिक उन्मुक्ति पार्टी, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, लोसपा र नेपाली कांग्रेसका सांसदहरुले मत दिएका थिए ।

Comment


Related News