२०८२ पुष ७, सोमबार ०८:३४

नेपालमा प्रजातान्त्रिक व्यवस्थाको स्थापनाका लागि ऐतिहासिक योगदान पु¥याएका प्रजातन्त्र सेनानी स्वर्गीय रामनारायण मिश्रको ५८ औँ पुण्यतिथि माल्यार्पण र श्रद्धाञ्जलि तथा प्रार्थना सभा गरी मनाइएको छ ।

मधेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादव र शिक्षा तथा संस्कृति मन्त्री रानीशर्मा तिवारीले जनकपुर चुरोट कारखाना लिमिटेडको कार्यालय भवनमा अवस्थित स्व. मिश्रको प्रतिमामा माल्यार्पण गरी उनको पुण्यतिथि मनाए । माल्यार्पण गर्दै मुख्यमन्त्री यादवले जनकपुरधाममा मात्र नभई मधेशमै औद्योगिक क्रान्ति ल्याएका स्व. मिश्रको योगदानलाई मधेश सरकारले सदैव कदर गर्दै आएको छ र हुन सक्ने जे जति सहयोग गर्नुपर्छ त्यसकालागि प्रदेश सरकार तयार रहेको प्रतिबद्धता जनाए ।

यस्तै मन्त्री तिवारीले स्व. मिश्र हाम्रो प्रणेता हुन् । उनकै मागदर्शनले प्रदेश सरकार विकासको कार्य अघि बढाउनेछ बताइन् । उनले भनिन् अहिले हाम्रो प्रदेश सरकार जहाँ उभेका छन् । त्यो भूमिको योगदानमा उहाँकै भूमिका हो । उहाँले संचालनमा हजारौ मजदूरलाई रोजगारी दिने उद्योग ल्याएका जचुकालि समाप्त भएपनि प्रदेश सरकारले यसको संचालनमा नभए अर्को उद्योग यही स्थापना गर्ने प्रयास गर्नेछ बताईन । यस्तै स्व. रामनारायण मिश्र समिति समेतले एक श्रद्धाञ्जली तथा प्रार्थना सभा आयोजना गरी पुण्यतिथि मनाएका छ्न ।

कार्यक्रममा स्व. मिश्रले देशमा लोकतन्त्र स्थापना गर्न गरेको त्याग, संघर्ष र योगदानको स्मरण गर्दै विभिन्न वक्ताहरूले उनको जीवन संघर्षलाई नयाँ पुस्ताले आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए । राणा शासनको दमनकारी व्यवस्थाविरुद्ध आवाज उठाउँदै जनतालाई सचेत र संगठित गर्न उनले खेलेको भूमिका ऐतिहासिक र प्रेरणादायी रहेको सहभागीहरूको भनाइ थियो ।

वक्ताहरूका अनुसार स्व. मिश्र केवल राजनीतिक आन्दोलनका अगुवा मात्र नभई सामाजिक चेतना र नागरिक अधिकारका पक्षधर पनि थिए । जनताको हक अधिकार सुनिश्चित गर्न उनले भोग्नुपरेका कठिनाइ, जेल जीवन र निरन्तर संघर्ष आज पनि लोकतान्त्रिक अभ्यासका लागि मार्गदर्शक बनेको उल्लेख गरियो ।

श्रद्धाञ्जलि सभामा बोल्दै वक्ताहरूले भने, ‘आज हामी लोकतन्त्रको अभ्यास गरिरहेका छौँ भने त्यसको जग स्व. रामनारायण मिश्रजस्ता अग्रजहरूको त्याग र बलिदानले तयार भएको हो । उनका आदर्श, विचार र संघर्ष सधैँ स्मरणीय रहनेछन् ।’ कार्यक्रममा स्व. मिश्रप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मौनधारण गरिएको थियो । साथै, उनको योगदानलाई भावी पुस्तासम्म पु¥याउन इतिहास लेखन, स्मृति कार्यक्रम तथा शैक्षिक पाठ्यक्रममार्फत समेटिनुपर्ने सुझावसमेत दिइयो ।

वक्ताहरूले स्व. मिश्रको त्याग, संघर्ष र योगदानलाई केवल पुण्यतिथिमा मात्र नभई निरन्तर स्मरण गर्दै लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र प्रवद्र्धनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Comment


Related News